रहेनन् भाइरल बालगायक सचिन परियार

 0  23
रहेनन् भाइरल बालगायक सचिन परियार

काठमाडौं । भाइरल बालगायकका रुपमा चर्चा कमाएका सचिन परियारको उपचारका क्रममा निधन भएको छ।

सचिनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान करिब १० बजेतिर निधन भएको उनका बुवा तेजेन्द्र परियारले बताएका छन्।

के छ हजुर भन्ने सचिनको बोलीले युट्युबमार्फत चर्चा कमाएको थियो । सचिनले नायक राजेश हमालसँग म्युजिक भिडियोमा अभिनय गरेका थिए भने हास्य टेलिशृंखला  ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए।

गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow