राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘बालेनले राजा ल्याउँछ’ भनेर जनताले रास्वपालाई भोट दिएका हुन्

 0  5
राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘बालेनले राजा ल्याउँछ’ भनेर जनताले रास्वपालाई भोट दिएका हुन्

काठमाडौं, ७ असार । रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्न चितवन पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालेनले राजा ल्याउँछ भनेर राप्रपालाई भोट नदिइ आफ्ना भोटरहरूले रास्वपालाई भोट दिएको टिप्पणी गरेका छन् । 

अध्यक्ष लिङ्देनले रास्वपाको भोटमा राजा चाहिन्छ भन्नेहरूको पनि मत भएको बताएका हुन्। ‘यो भोटमा नेपालमा राजा चाहिन्छ भन्ने भोट पनि छ,’ उनले भने, ‘बालेनले राजा ल्याउँछ भनेर तपाईंलाई भोट दिएका मान्छेहरू छन्। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिने मान्छे पनि छन् ।’

रास्वपालाई विशिष्ट जिम्मेवारी रहेको भन्दै उनले निषेधको राजनीति होइन, सहमतिको राजनीतिबाट अगाडि बढ्न सुझाव समेत दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow