राष्ट्रिय सभा निर्वाचनमा अहिलेसम्म ५० प्रतिशतभन्दा बढी मत खस्यो
काठमाडौं, ११ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिलेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान हुन लागेको हो । अहिलेसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगले जानकारी दिएको छ ।
रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस–आर्यतर्फको एउटा पदमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ। मतदान आज बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः०० बजे सम्पन्न हुने छ ।
What's Your Reaction?





