उज्यालो नेपालले कुनै पनि पार्टीसँग एकीकरण गर्दैन : कुलमान घिसिङ
काठमाडौं, ३० पुस । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाली कम्युनिष्ट पार्टीसँग एकीकरण हुन लागेको भन्ने हल्लाको खण्डन गरेका छन् ।
कुलमानले उज्यालो नेपाल कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट पारेका छन् । कुलमानले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली कम्युनिष्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने गलत हल्ला चलाइएको भन्दै त्यसको खण्डन गरेका हुन्।
‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिष्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो’, उनले लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु। यस्ता निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्नु हुन सबैमा हार्दिक अनुरोध गर्दछु।’
What's Your Reaction?





