गोअमेल (GOAML) भनेको के हो ? सुनचाँदी व्यवसायमा किन अनिवार्य गरियो ?

 0  107
 गोअमेल (GOAML) भनेको के हो ? सुनचाँदी व्यवसायमा किन अनिवार्य गरियो ?

३० पुष ०८२ | हेम राई |

GOAML (Global Anti-Money Laundering System) भनेको संयुक्त राष्ट्रसङ्घ (UNODC) को सहयोगमा विकास गरिएको एक डिजिटल रिपोर्टिङ प्रणाली हो, जसलाई नेपाल सरकारले सम्पत्ति शुद्धीकरण निवारणका लागि प्रयोगमा ल्याएको छ । नेपालमा यो प्रणाली वित्तीय जानकारी इकाई (Financial Information UnitFIU) मार्फत सञ्चालन हुन्छ, जुन नेपाल राष्ट्र बैँक अन्तर्गत कार्यरत छ। GOAML भनेको शङ्कास्पद वा ठूलो आर्थिक कारोबारको विवरण सरकारलाई अनलाइन माध्यमबाट जानकारी गराउने प्रणाली हो।

 GOAML नेपालमा कसरी लागू भयो ?
नेपालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४. संशोधित ऐनहरू (२०७०, २०७६) लागु भएपछि नेपालले अन्तर्राष्ट्रिय दवाव (FATFFinancial Action Task Force) का कारण : अवैध पैसा , कालोधन , आतङ्कवादी वित्तपोषण नियन्त्रण गर्न GOAML प्रणाली अनिवार्य रूपमा लागू गर्‍यो। यसअन्तर्गत: बैंक,सहकारी,बीमा ,क्यासिनो र सुनचाँदी व्यवसायी सबैलाई रिपोर्टिङको दायरामा ल्याइयो।

 GOAML को मुख्य काम के हो ?
GOAML का प्रमुख कार्यहरू:शंकास्पद कारोबार (STR) रिपोर्टिङ, ठूलो नगद कारोबार (CTR) रिपोर्टिङ ,ग्राहकको पहिचान (KYC) सुनिश्चित गर्ने ,अवैध आम्दानी पत्ता लगाउने,कालोधन,तस्करी, भ्रष्टाचार नियन्त्रण,आतंकवादी वित्तपोषण रोकथाम आदि हुन् |

नेपालमा सम्पत्ति शुद्धीकरण भनेको के हो ?
सम्पत्ति शुद्धीकरण (Money Laundering) भन्नाले:अवैध रूपमा आर्जन गरिएको पैसा वा सम्पत्तिलाई वैध देखाउने प्रक्रियालाई जनाउँछ। उदाहरणको लागि : तस्करीबाट कमाएको पैसा,घुस, भ्रष्टाचारको रकम,कर छलिबाट आएको धन| यी रकमलाई:सुन किनेर, घरजग्गा खरिद गरेर ,व्यवसायमा लगानी गरेर साफ (वैध) देखाउने काम नै सम्पत्ति शुद्धीकरण हो। सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार:कुनै अपराधबाट प्राप्त सम्पत्तिलाई लुकाउने, रूपान्तरण गर्ने, स्थानान्तरण गर्ने वा वैध देखाउने कार्य सम्पत्ति शुद्धीकरण हो।

 सुनचाँदी व्यवसाय र सम्पत्ति शुद्धिकरणको सम्बन्ध के छ ?
नेपालमा सुनचाँदी व्यवसाय उच्च जोखिमयुक्त क्षेत्र (High Risk Sector) मानिन्छ, किनभने यस व्यवसायमा ठूलो नगद कारोबार हुने गर्दा सजिलै मूल्य रूपान्तरण, ट्रयाक गर्न कठिन,कालोधन लुकाउन सजिलो आदि कारणले : सुनचाँदी व्यवसायीलाई GOAML अनिवार्य गरिएको हो।

 GOAML मा सुनचाँदी व्यवसायीको दायित्व र जिम्मेवारी के के छन् ?
सुनचाँदी व्यवसायीले:GOAML मा अनिवार्य दर्ता हुनुपर्ने, ग्राहकको:नागरिकता,परिचय,ठेगाना राख्नु पर्ने,शंकास्पद कारोबार रिपोर्ट (STR) गर्नु पर्ने,ठूलो कारोबार (CTR) रिपोर्ट गर्नु पर्ने,कारोबारको रेकर्ड कम्तीमा ५ वर्ष सुरक्षित राख्नु पर्ने हुन्छ |

 GOAML मा नगएमा (दर्ता नगरेमा) के दण्ड सजाय हुन्छ ?
यदि सुनचाँदी व्यवसायीले :GOAML मा दर्ता नगरेमा वा रिपोर्टिङ नगरेमा,गलत विवरण दिएमा, कानुनी दण्डसजाय यस प्रकार रहेका छन् :
जरिवाना-रु. ५० हजारदेखि रु. १० लाख वा सोभन्दा बढी,व्यवसाय निलम्बन,अस्थायी वा स्थायी रूपमा इजाजत रद्द,उद्योग/व्यवसाय दर्ता खारेज,सम्पत्ति जफत,शंकास्पद सुनचाँदी वा नगद जफत ,कैद सजाय-२ वर्षदेखि १० वर्षसम्म|अपराधको गम्भीरताअनुसार कालोसूचीमा राखिने भविष्यमा बैंकिङ र व्यापारिक समस्या हुने |

.
GOAML कुनै सजाय दिनका लागि मात्र होइन,नेपालको अर्थतन्त्रलाई स्वच्छ, पारदर्शी र सुरक्षित बनाउन ल्याइएको प्रणाली हो।विशेषगरी सुनचाँदी व्यवसायीले बुझ्नै पर्ने कुरा:GOAML बाट भाग्नु अपराध हो सहकार्य गर्नु सुरक्षा हो ! नियम पालना गर्नु व्यवसायको दीर्घकालीन सफलता हो|

(थप जानकारीको लागि ,नेपाल सुनचादी रत्न तथा आभुषन महासंघ बागमती प्रदेश -हेम राई)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow