रास्वपाका मन्त्रीले मासिक १८ हजार र सांसदले साढे १६ हजार लेबी तिर्नुपर्ने

 0  11
रास्वपाका मन्त्रीले मासिक १८ हजार र सांसदले साढे १६ हजार लेबी तिर्नुपर्ने

काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदहरूका लागि मासिक लेबीको दर तोकेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्रीहरूका लागि १८ हजार र सांसदहरूका लागि १६ हजार ५ सय लेबी तोक्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ ।

मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार भविष्यमा सांसदका स्वकीय सचिवहरू नियुक्त भएमा उनीहरूले पनि सोही बराबरको लेबी बुझाउनुपर्ने निर्णय बैठकले गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow