रिटर्नीका केन्द्रिय सदस्यले दैनिक ५ घण्टा कार्यलयमा काम गर्नु पर्ने- अध्यक्ष उत्तम अधिकारी !

 0  114
  रिटर्नीका केन्द्रिय सदस्यले दैनिक ५ घण्टा कार्यलयमा  काम गर्नु पर्ने- अध्यक्ष उत्तम अधिकारी  !

माघ २२ माघ ,काठमाडौँ  । रिटर्नी फेडेरेसन नेपालले एक सर्कुलर जारी गरी आफ्नो मातहतको  जिल्ला अधिवेशन यही माघ मसान्त भित्र सम्पन्न गरि यस बिचमा बनेका नयाँ सदस्य र नवीकरण भएका सदस्यहरूको सम्पूर्ण विवरण केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्ने जनाएको छ ।

  फेडेरेसनका अनुसार समयमा प्राप्त नभएका जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधि चयन हुन नसक्ने , जिल्ला अधिवेशन नहुने जिल्लाले संस्थागत ( कमिटीगत ) प्रतिनिधित्व बाट बञ्चित रहने भएको छ |

अहिले पार्टी भित्र रिटर्नी छलफल र बहसको विषय बनेको , रिटर्नीको सङ्ख्यात्मक उपस्थिति  बलियो बन्दै गएको, साङ्गठनिक संरचना एवं स्वयं श्रोत परिचालन मार्फत सङ्गठन निर्माण, कार्यक्रम सञ्चालनले सबैमा आकर्षण उत्पन्न गरेको , यो महत्वपूर्ण घडीमा हामी कसैलाई पनि निराश हुने, कमजोर हुने, आलस्य हुने छुट छैन ,आफ्नो जिम्मेवारी निर्वाह नगर्ने छुट कसैलाई छैन । हामी हरेकको जिम्मेवारी र भूमिका निर्वाहको अवस्थाको मुल्यांकन कहिँ न कहिँबाट भैरहेको छ भन्ने हामी कसैले पनि भुल्न नहुने अध्यक्ष उत्तम अधिकारीले बताए |

 केन्द्रिय अधिवेशनको तयारी एवं सदस्यता फारमको विवरण कम्प्युटरमा अभिलेख राख्नु पर्ने भएकोले उपत्यकामा रहने सम्पूर्ण केन्द्रीय स्तरका सदस्यहरूले  दैनिक ५ घण्टा करिब एक साता सम्म कार्यालयलाई उपलब्ध गराउनु पर्ने रहेको र विगतमा जस्तो सदस्य भन्दै खाली कागजमा आउने नाम स्वीकार्य नहुने  अध्यक्ष उत्तम अधिकारी बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow