रिटर्नीमैत्री नीति र पुनःएकीकरणबारे अन्तरक्रिया कार्यक्रम हुँदै

 0  15
रिटर्नीमैत्री नीति र पुनःएकीकरणबारे अन्तरक्रिया कार्यक्रम हुँदै

२७ श्रावण, ललितपुर । रिटर्नीको ज्ञान, सीप, पूँजी र जाँगरलाई स्वदेशको समृद्धि निर्माणमा उपयोग गर्ने उद्देश्यसहित रिटर्नी फेडेरेशन नेपालले अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

फेडेरेशनका केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख बिन्दु घिमिरेका अनुसार “रिटर्नीमैत्री नीति र पुनःएकीकरण : सदनको भूमिका र राज्यको दायित्व” विषयक अन्तरक्रिया कार्यक्रम २०८३ साल श्रावण २८ गते बिहीबार आयोजना हुन लागेको हो।

कार्यक्रम अपराह्न १ बजे नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा हुने आयोजकले जनाएको छ।

कार्यक्रममा वर्तमान संघीय सांसदहरू तथा रिटर्नी प्रतिनिधिहरूको सहभागितामा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई कसरी राष्ट्रिय निर्माणको मूल प्रवाहमा जोड्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ। साथै, रिटर्नीहरूका लागि आवश्यक नीति निर्माण, उनीहरूको सीप, अनुभव, पूँजी तथा उद्यमशीलताको सदुपयोग र राज्यको भूमिकाबारे समेत अन्तरक्रिया हुने जनाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow