रिटर्नी काठमाडौँमा बसन्त भण्डारी ! अन्य जिल्लामा को कहाँ ?
२७ माघ ,काठमाडौँ |
रिटर्नी फेडेरेसन नेपालको यही चैत्र १५ र १६ गते हुने केन्द्रिय महाधिवेशनलाई मध्यनजर गर्दै फेडेरेसनका जिल्ला अधिवेशनहरू धमाधम रुपमा सम्पन हुदैछ | चैत्र २६ गते शनिवारको दिन मात्रै ८ वटा जिल्ला अधिवेशनहरू पूर्ण सफलताका साथ सम्पन भएका छन् |
काठमाडौँ जिल्ला कमिटीको दोस्रो अधिवेशनले पुन एकचोटी बसन्त भण्डारीको नेतृत्वमा नयाँ जिल्ला कमिटीको चयन गरेको छ | अध्यक्ष वसन्त कुमार भन्डरी,उपाध्यक्षहरू बलराम श्रेष्ठ, मेनुका दाहाल थापा ,सचिब रबिन्द्र पुडासैनी , उपसचिवमा श्रीधर सुवेदी, कमल बिक. र कोषाध्यक्ष अन्जु कार्की सहित २३ सदस्य रहेको जिल्ला कमिटी चयन गरेको छ।
अधिवेशनमा फेडेरेसनका केन्द्रिय अध्यक्ष उत्तम अधिकारी, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, केन्द्रिय उपाध्यक्ष बिनोद भट्टराई , कोषाध्यक्ष जितेन्द्र बानियाँ , स्थायी समिति सदस्य सुबेक्छा म्यन्ग्बो ,बागमती प्रदेश कमिटी अध्यक्ष हेम राई , काठमाडौँ जिल्ला इन्चार्ज त्रिलोक श्रेष्ठ, प्रदेश सचिब ओम चेम्जोङ्ग ,कोषाध्यक्ष दुर्गा दास श्रेष्ठ , सदस्य उमेश भुसाल,ललितपुर जिल्ला कमिटि अध्यक्ष रामकृष्ण श्रेष्ठ लगायत बिभिन्न नगर कमिटिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो |
कार्यक्रममा ब्यावसायी विश्व भण्डारीलाई सम्मान पनि गरिएको थियो | भण्डारी लर्ड पार्टी भेन्युका संचालक एवं फेडेरेसनका केन्द्रिय सदस्य समेत हुन् |
त्यसैगरी रिटर्नी फेडेरेसन नेपाल पर्वत जिल्ला दोस्रो अधिवेशनबाट अध्यक्ष बिनयजङ्ग लामिछाने र सचीबमा दुर्गा बहादुर थापा सहितको १५ सदस्यीय जिल्ला कमिटीको चयन गरेको छ ।
उक्त कार्यक्रममा रिटर्नी फेडेरेसन नेपाल केन्द्रिय कमिटी इन्चार्ज डा . कृष्ण केसी , रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय संस्थापक अध्यक्ष चन्द्र बहादुर रोकाहा ,उपाध्यक्ष अर्चना बस्नेत ,सचिब बुद्धि बस्याल , प्रदेश अध्यक्ष प्रमिला बराल लगायतको उपस्थिति रहेको थियो |
मधेश प्रदेश अन्तर्गत रिटर्नी फेडेरेसन नेपाल बारा जिल्ला कमिटीको दोश्रो अधिवेशनले अर्जुन शाह बानियाँको नेतृत्वमा २३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनमा फेडेरेसनका केन्द्रिय उपाध्यक्षहरू सालिक स्याल ,राम कृष्ण घिमिरे , सचिब खेम कार्की ,प्रदेश अध्यक्ष दीपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो |
कोशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्ला कमिटीको दोश्रो अधिवेशनबाट बिनोद आचार्यको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।
रिटर्नी फेडेरेसन नेपालका उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख भरत शिवाकोटीको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी तेह्रथुमका अध्यक्ष शिव ढुङ्गाना, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिलकिरण खजुम, केन्द्रिय सदस्य रामनाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
What's Your Reaction?





