रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवस विविध कार्यक्रम सहित मनाउँदै

 0  51
रिटर्नी फेडेरेसन नेपालले  चौथो स्थापना दिवस विविध कार्यक्रम सहित मनाउँदै

१६ पुस काठमाडौँ 
रिटर्नी फेडेरेसन नेपालले आफ्नो चौथो स्थापना दिवस विविध कार्यक्रम सहित मनाउँदैछन् | आज  भन्दा करिब ४ वर्ष अगाडि पौष १६ गते भक्तपुरमा आयोजित एक विशेष रिटर्नीहरुको भेला मार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले रिटर्नी फेडेरेसन नेपालको औपचारिक घोषणा गरी नेकपा एमालेको २३ औ जनसङ्गठनको मान्यता दिएको हो |

यसै स्थापना दिवसको अवसरमा हिजो पौष १५ गते काठमाडौँको ग्रीन लिफ रेस्टुरेन्टमा आयोजित  रिटर्नीहरुको सामूहिक भेला द्वारा लगानी सम्बन्धी एक पब्लिक कम्पनीको घोषणा भएको छ जसमा २५ अरबको लगानी सङ्कलन गर्न रिटर्नीहरुको योजना रहेको छ |

देश प्रतिको जिम्मेवारीलाई मध्यनजर गर्दै सामाजिक कार्यको निरन्तरताको लागि  रिटर्नी नेटवर्क नेपाल नामक सामाजिक संस्थाको पनि कार्यक्रममा घोषणा गरियो | यस सस्था मार्फत रिटर्नीहरुले सामूहिक रुपमा सामाजिक कार्यमा लागि पर्ने बताए |

 पौष १६ गते  केन्द्रिय कार्यालय थापागाउँ काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ,कार्यक्रममा सातै प्रदेशबाट उत्कृष्ट हुने रिटर्नी उधिमिहरुलाई   सम्मान गरिने रिटर्नी फेडेरेसनले बताए |

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow