ललितपुर–१४ को आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न

 0  16
ललितपुर–१४ को आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न

०६ असार, ललितपुर — समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १४ को आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र तीखेदेवल, हरित ललितपुर सरसफाइ सञ्जाल, ललितपुर चक्रपथ सरसफाइ अभियान र विभिन्न संघ–संस्थाहरूको सहभागितामा खुमलटारस्थित सडक पेटीमा १७० थान अशोका प्रजातिका बिरुवा रोपण गरिएको छ।

वडा नं. १४ का अध्यक्ष अमृत जंग महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तीखेदेवलकी प्रमुख फूलकुमारी पौडेल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष महतले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा वृक्षरोपणको महत्वपूर्ण भूमिका रहने बताए। उनले समुदायको सक्रिय सहभागिताबाट यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सहभागीहरूले वृक्षरोपण अभियानले वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण न्यूनीकरण गर्न तथा हरित सहर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम सामूहिक वृक्षरोपण तथा जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको आयोजकले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow