हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को निधन

 0  14
हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को निधन

०७ असार, काठमाडौं – नेपाली हास्य क्षेत्रका चर्चित कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान निधन भएको छ। अमेरिकाको बाल्टिमोरस्थित फ्र्याङ्कलिन स्क्वायर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पछिल्लो समय अमेरिका बसोबास गर्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत थिए। उनले नेपाली चलचित्र तथा टेलिफिल्म क्षेत्रमा लामो समय योगदान दिएका थिए।

विशेषगरी ‘चतुरेको दाउपेच’ सिरियलमार्फत दर्शकमाझ लोकप्रिय बनेका शर्मा आफ्नो स्वाभाविक अभिनय र हास्य प्रस्तुतिका कारण घरघरमा परिचित थिए। उनको निधनले नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा अपूरणीय क्षति पुगेको कलाकारहरूले बताएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow