विपिन जोशीको खोजीको लागि  आमा र बहिनी इजरायल प्रस्थान

 0  30
विपिन जोशीको खोजीको लागि  आमा र बहिनी इजरायल प्रस्थान

२७ श्रावण , काठमाडौँ । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् । विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल तर्फ लागेका हुन् ।

 उनीहरूलाई नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए ।उनीहरूलाई इजरायल सरकारले नै लगेको बुझिएको छ । यसक्रममा  विपिन जोशीको खोजीको अहिलेसम्मको प्रयास बारे जानकारी दिने र इजरायली नेताह, कर्मचारी, सेनाका उच्चतहका जनरल लगायतसँग भेट गराइने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow