सरकारलाई संविधान पढ्न नेकपा सांसद् दुलालको सुझाव

 0  12
सरकारलाई संविधान पढ्न नेकपा सांसद् दुलालको सुझाव

काठमाडौं, २३ चैत्र । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् युवराज दुलालले सरकारले विगतमा जस्तै स्टन्ट गर्दै गए जेनजी पुस्ताको भावनाअनुसार अगाडि बढ्न नसकिने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले राज्यको समय ट्रायल गरेर, स्टन्ट गरेर बर्बाद गरियो भने नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नरहने बताएका हुन् ।

‘युवाहरुले यो व्यवस्थाका विरुद्ध संघर्ष गरेका थिएनन्। हाम्रो अवस्थाका विरुद्ध संघर्ष गरेका थिए । यसमा मौलाउँदै गरेको विकृति, विसंगति र भ्रष्टाचारका विरुद्धमा संघर्ष गरेका थिए दुलालले भने, नवयुवाहरुले आम नागरिकको भावनाको समेत प्रतिनिधित्व गर्ने गरेर विद्रोह गरेका थिए ।’ 

सरकारलाई संविधान पढ्न सुझाए दिँदै दुलालले भने, ‘सरकारले यो संविधान पढोस् । समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ यो संविधानले त्यसतर्फ राज्यको ध्यान जाओस् ।’ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow