सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

 0  12
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, २० भदौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन्।

त्रिपाठीले नागरिकको आवाज बन्द गर्न सरकारले यस्तो निर्णय गरेकाले यसलाई खारेज गरेर पूर्ववत् अवस्थामा सञ्चालनका लागि आदेश माग गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ताको प्रक्रियामा रहेको छ।

सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामलगायत २६ वटा एप नेपालमा नचल्ने बनाउन निर्देशन दिइसकेको छ।

इन्टरनेट प्रदायक कम्पनीहरूले सरकारको निर्देशनपछि फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गराउन थालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow