सुनको भाउ आज पनि घट्यो, तोलामा १ हजार २ सय रुपैयाँले सस्तो

 0  9
सुनको भाउ आज पनि घट्यो, तोलामा १ हजार २ सय रुपैयाँले सस्तो

३० असार, काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि दैनिक रूपमा सुन तथा चाँदीको मूल्य परिवर्तन हुने गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow