सर्वोच्चद्वारा सरकारको सरकारी विज्ञापनमाथिको एकद्वार नीति खारेज

 0  3
सर्वोच्चद्वारा सरकारको सरकारी विज्ञापनमाथिको एकद्वार नीति खारेज

काठमाडौं, ३० असार । सरकारले सरकारी विज्ञापन प्रकाशनका लागि लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ ।

वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरेपछि यो विषय अदालत पुगेको थियो। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालयबाट जारी परिपत्र बदर हुने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी परिपत्र सार्वजनिक र नीजि सञ्चारमाध्यमको हित प्रतिकूल भएको भन्दै नेपाल मिडिया सोसाइटी सर्वोच्च अदालत गएको थियो।

सोही मुद्दामा सुनुवाई गर्दै अदालतले आज सोसाईटीको माग अनुसार सरकारको कदममा रोक लगाएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow