आज समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाइ सक्नुपर्ने

 0  8
आज समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाइ सक्नुपर्ने

काठमाडौं, १४ पुस । निर्वाचन आयोगले तोकेअनुसार समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउ ने आज अन्तिम दिन हो ।

आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन आइतबारदेखि समय तोकेकोमा आज सोमबार अन्तिम दिन हो ।

केही दलहरूले आइतबार नै  बन्द सूची पेश गरिसकेका तर, कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रमुख दलहरूले बन्द सूची टुंग्याउन बाकी रहेकोले आयोगले आज कार्यालय समयभित्र समानुपातिक उम्मेदवारको बन्द सूची पेश गरिसक्नु पर्ने जनाएको छ । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow