ललितपुर सुनचाँदी व्यवसायी संघद्वारा ढक–तराजु नवीकरण तथा टाँचा लगाउने कार्यक्रम सम्पन्न
३० असार, ललितपुर। ललितपुर सुनचाँदी व्यवसायी संघले आफ्ना आबद्ध सदस्य व्यवसायीहरूका लागि सम्बन्धित सरकारी निकायहरूको सहकार्यमा ढक–तराजु नवीकरण तथा टाँचा लगाउने कार्यक्रम सम्पन्न गरेको छ।
संघका अनुसार उक्त कार्यक्रमबाट सदस्य व्यवसायीहरूले ढक–तराजु नवीकरण तथा प्रमाणीकरणका लागि सम्बन्धित सरकारी कार्यालयसम्म पुग्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन्। साथै, समय र खर्च दुवैको बचत भएको संघको विश्वास रहेको छ।
ढक–तराजुमा टाँचा लगाउने तथा नवीकरण गर्ने कार्य सदस्यहरूको व्यापक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको संघले जनाएको छ।
ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्यले व्यवसायीको सहजता र हितलाई केन्द्रमा राखेर यस्ता सेवामूलक तथा व्यवसायीमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
What's Your Reaction?





