सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन ३ लाख १ हजार ९०० रुपैयाँमा
२२ भदौ, काठमाडौं । नेपाली बजारमा साताको सुरुवातमै सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रति तोला ३ लाख १ हजार ९०० रुपैयाँ मा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य ३ लाख ४ हजार ३०० रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार चाँदी प्रति तोला ४ हजार ६९० रुपैयाँ मा झरेको छ। आइतबार चाँदीको मूल्य ४ हजार ७२५ रुपैयाँ रहेको थियो।
आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो।
What's Your Reaction?





