सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा रु ७,२०० र चाँदी रु १६५ ले बढ्यो
काठमाडौं, १९ असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ७,२०० र चाँदीको मूल्य रु १६५ ले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९० हजार ७०० कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु ४ हजार ६१५ निर्धारण गरिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्वव्यापी आर्थिक गतिविधिका कारण स्थानीय बजारमा समेत मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन्।
पछिल्लो समय सुनको मूल्य लगातार नयाँ उचाइतर्फ अग्रसर भइरहेका बेला विवाह, चाडपर्व तथा लगानीका लागि सुन खरिद गर्ने उपभोक्ताहरू प्रत्यक्ष प्रभावित भएका छन्।
सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा थप उतारचढाव आउन सक्ने सम्भावना रहेको छ।
What's Your Reaction?





