सुनचाँदी व्यवसायीहरू फेरी किन आन्दोलित बने ?

 0  329
सुनचाँदी व्यवसायीहरू फेरी किन आन्दोलित बने ?

करिब ४२ दिन सम्म आन्दोलन र सडकमा रहेका सुनचाँदी व्यवसायीहरू  गत असार २६ गते नेपाल सरकार र सुनचाँदी छेत्रका महासङ्घहरू बीच भएको ६ बुँदे सम्झौता अनुसार पुन पसल व्यवसाय सञ्चालन गर्न राजी भएका थिए |

 ६ बुँदे सम्झौता अनुसार गठन गरिएका सयुक्त कार्यदलको बैठकले २ प्रतिशत विलासिता कर एवं हिरा पथरमा लागू गरिएको १३ प्रतिशत भ्याट खारेज , सुनचाँदी सम्बन्धित नीति निर्देशिकाको लेखन . नेपाली कालिगढको समस्या समाधान ,ज्याला निर्धारण, सुनको सानो परिमाणमा वितरण आदि कुरा सुल्झने व्यावसायीहरूले आशा गरेका थिए |

यसै प्रसङ्गमा सयुक्त कार्यदलको बैठक यही आँउदो श्रावण ४ गते आइतबारको दिन बस्ने निर्णय भै सकेको अवस्थामा नेपाल सरकारको आधिकारिक निकायहरू बाट एकलौटी रुपमा नयाँ कर प्रणालीको प्रचारप्रसार , बैंकहरुले २ प्रतिशत विलासिता कर सहित नयाँ मूल्य निर्धारण , नयाँ कर प्रणाली अनलाइन पोर्टलमा अपडेट , जसरी पनि यही श्रावण १ गते बाट नयाँ कर प्रणाली अनुसार कारोबार गर्नु पर्ने र यदि कोही कसैले यसको उल्घंन गरेमा नेपाल सरकारको प्रचलित नियम कानुन अनुसार दण्ड सजाय भोग्नु पर्ने आदि कार्यको त्रास बाट सिङ्गो सुनचाँदी व्यवसायीहरू पुन एकचोटी आन्दोलित बनेका हुन् | 

 नेपाल सरकारले यस छेत्रमा लागू गरिएका कर प्रणालीमा पुन बिचार नगरे सम्म सुनचाँदीको कारोबार नै नगर्नेमा  व्यवसायीहरू पुगेका छन् भने कोही व्यवसायीहरू पूर्ण रुपमा व्यवसाय नै बन्द गरि आन्दोलनमा उत्रने निचोडमा पुगेका छन् |

हाल सम्म करिब २ दर्जन सुनचाँदी छेत्र सँग सम्बन्धित सङ्घहरूले विज्ञप्ति मार्फत आन्दोलनका घोषणा गरि सकेका छन् भने अन्य व्यावसायी एवं थप सङ्घहरूले पनि आन्दोलनमा एकबद्ध जनाउदै गै रहेको व्यवसायीहरू बताउँछन |

सम्झौताको  उलघन गरि नेपाल सरकारको निकायहरू बाट धोका भएको आबद सङ्घहरूको बुझाई रहेको छ |

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow