सुवेक्षा बनिन् 'मिसेस नोबेल नेपाल २०२६'

 0  12
सुवेक्षा बनिन् 'मिसेस नोबेल नेपाल २०२६'

काठमाडौं, १२ फागुन । मिसेस नोबेल नेपाल २०२६ को उपाधि सुवेक्षा मेयाङ्बोले जितेकी छन्। विवाहित महिलाहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको छैटौं संस्करण सोमबार राजधानीको ज्यापु एकेडेमीमा आयोजना गरिएको थियो ।

जहाँ सुवेक्षाले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो नाम गरेकी हुन् भने सुष्मा कार्की फस्ट रनरप र देवकी कार्की खड्का सेकेण्ड रनरप बने । 

हिमालयन मुमिजद्वारा आयोजित सो कार्यक्रममा बेस्ट ट्यालेन्ट सुवेक्षा मेयाङ्बो, बेस्ट पर्सनालिटी सानी शेर्पा, मोस्ट कन्फिडेन्ट मनु लिम्बु, बेस्ट फोटोजेनिक सुष्मा कार्की, मोस्ट एक्टिभ सम्झना सुनुवार, मोस्ट डिसेन्ट पम्फा नेपाली, मोस्ट डेडीकेटेड निरु लामा, मोस्ट डाइनामिक अमिता अधिकारी, मोस्ट स्मार्ट सुनैना अर्याल, मोस्ट ग्रेसफुल कुमारी खड्का गुरुङ, मोस्ट डिलिजेन्ट देवकी कार्की खड्का, मोस्ट चार्मिङ पुनम थापा पौड्याल, मोस्ट पपुलर सुनैना अर्याल, बेस्ट मल्टिमिडिया सानी शेर्पा, पब्लिक च्वाइस भिडियो सुष्मा कार्की र बेस्ट ड्रेसको उपाधि मनु लिम्बुले हात पारे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow