सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

 0  7
सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

काठमाडौं, ३ वैशाख । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० तथा अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आज वैशाख ३ गतेदेखि खुला गरिएको आईपीओमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि वैशाख १७ गतेसम्म लम्बिनेछ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow