सोलुखुम्बुमा श्रम संस्कृति पार्टीको सम्पर्क समिति गठन तथा पार्टी प्रवेश कार्यक्रम हुने
०३ भदौ, सोलुखुम्बु । श्रम संस्कृति पार्टीले सोलुखुम्बुमा सम्पर्क समिति गठन तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीको सोलुखुम्बु–सोलिङ सम्पर्क समिति गठन तथा पार्टी प्रवेश कार्यक्रम यही २०८३ भदौ ६ गते शनिबार आयोजना हुने भएको हो। कार्यक्रम नव दुर्गा पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममा श्रम संस्कृति पार्टीका प्रमुख अतिथि मा. ध्रुव राई रहनेछन्। कार्यक्रममा पार्टीको सम्पर्क समिति गठनसँगै नयाँ सदस्यहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रमसमेत राखिएको छ।
कार्यक्रम श्रम संस्कृति पार्टी, सोलाङ, सोलुखुम्बुको आयोजनामा हुन लागेको हो। पार्टीले कार्यक्रममा सहभागी हुन इच्छुक नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।
कार्यक्रमसम्बन्धी थप जानकारी तथा सम्पर्कका लागि भूपि शंकर राई, मोहन नाछिरिङ, अमिर काजी नाछिरिङ र रति कुमार राईसँग सम्पर्क गर्न सकिने थोमस कुलुङ्गले जनाएको छ।
What's Your Reaction?





