स्वदेश फर्कन लागेका भारतीय राजदूतसँग प्रधानमन्त्रीको बिदाइ भेट

 0  7
स्वदेश फर्कन लागेका भारतीय राजदूतसँग प्रधानमन्त्रीको बिदाइ भेट

काठमाडौं, १३ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग मंगलबार बिदाइ भेट गरेका हुन्।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गर्दै हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरेका छन्।

नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ रहँदै आएको बताउँदै प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई आगामी यात्राका लागि शुभकामना समेत व्यक्त गरे।

राजदूत श्रीवास्तवले पनि आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्‍याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद दिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow