उपसभामुख रानालाई हटाउन हस्ताक्षर गर्दै एमाले - कांग्रेस सांसद्

 0  37
उपसभामुख रानालाई हटाउन हस्ताक्षर गर्दै एमाले - कांग्रेस सांसद्

काठमाडौं, ३ भदौ । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि सत्तारुढ दल एमाले र कांग्रेसले सांसदहरूलाई हस्ताक्षर गराएका छन् । एमाले र कांग्रेसले सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर आ-आफ्ना सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।

अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग उपसभामुख रानामाथि छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर, विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन । रास्वपाको कोटाबाट उपसभामुख बनेकी राना अहिले व्यक्तिगत भ्रमणका लागि अमेरिकामा छिन् ।

यसैबीच एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख रानाविरुद्ध कुनै प्रस्ताव संसद्मा दर्ता गराउने निर्देशन नआएको बताएका छन् । प्रमुख सचेतक बर्तौलाले कसले उपसभामुख हटाउँदैछ भन्ने हल्ला चलाएको बारे थाहा नभएको भन्दै आज भर्खरै कुनै प्रस्ताव लैजाने तयारी नभएको बताए । तर, उपसभामुखमाथि उठेको प्रश्न गम्भीर रहेको र त्यसको हिसाब गर्नैपर्ने प्रमुख सचेतक बर्तौला बताउँछन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow