जेनजीका नाममा स्वार्थी समूहले भीषण अवस्था सिर्जना गरे : शंकर पोखरेल

 0  14
जेनजीका नाममा स्वार्थी समूहले भीषण अवस्था सिर्जना गरे : शंकर पोखरेल

काठमाडौं, १ मंसिर । एमाले महासचिव शंकर पोखरेलले जेनजीका नाममा स्वार्थी समूहले भीषण अवस्था सिर्जना गरेको बताएका छन् ।

सोमबार ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको सम्मानमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा सहभागी भएका महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाहरूको भावनामा खेल्ने स्वार्थी समूहका कारण भीषण अवस्था सिर्जना भएको बताएका हुन् ।

दुई दिनको आन्दोलनले खर्बौं रुपैयाँको धन सम्पत्तिको क्षति गरेको भन्दै उनले उक्त आन्दोलनले मुलुकलाई गम्भीर रूपमा पछाडि धकेलेको टिप्पणी गरेका छन्। जुन १० वर्षे सशस्त्र द्वन्द्वको क्षतिभन्दा ठूलो भएको उनको भनाइ छ।

'माग उठाउने प्रस्तोता थिएनन्, वार्ता गर्ने कोही थिएन', उनले भने, 'नवयुवाहरूको भावनामा खेल्ने स्वार्थी समूहका कारण भीषण अवस्था सिर्जना भयो।'

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow