देशलाई सही बाटोमा लैजान सरकारलाई खबरदारी गर्ने काम उज्यालो नेपालले गर्छ : अध्यक्ष घिसिङ

 0  19
देशलाई सही बाटोमा लैजान सरकारलाई खबरदारी गर्ने काम उज्यालो नेपालले गर्छ : अध्यक्ष घिसिङ

काठमाडौं, ११ चैत । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि आफ्नो पार्टीले सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताएका छन् ।

पार्टीको काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै अध्यक्ष घिसिङले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिबद्धता रहेको बताएका छन् । आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने अध्यक्ष घिसिङले बताए ।

उनले भने, ‘यो देशको राष्ट्रियता, यो देशको समृद्धि र समस्याको विषयमा हामीले सशक्त रुपले सडकबाट खबरदारी गर्नेछौँ, राम्रा कुरालाई समर्थन गर्नेछौँ, नराम्रा, खराब कुरालाई खबरदारी गर्दै देशलाई सही बाटोमा अगाडि बढाउनका लागि हामी सशक्त रुपमा अगाडि बढ्नेछौं । अब उज्यालो नेपाल पार्टी हामी हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हो । हामी चुनाव सकिएको केही समयमा नै केन्द्रिय कमिटीको बैठक राख्यौँ, छलफल गर्‍यौँ, देशैभरीको उम्मेदवारहरुलाई बोलाएर समीक्षा गर्‍यौ । आगामी दिनमा कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौं । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भूमिका हामीले निभाउनेछौं ।’ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow