बाच्न चाहन्छ मानसिंह !

 1  192
बाच्न चाहन्छ मानसिंह !

काठमाडौं, ०२ माघ । तत्कालीन भोजपुर छिनामखु वार्ड न - १ हालको टेम्के मैयुङ्ग गाउपालिका  वार्ड न -२ को स्थायी बासिन्दा हुन् पूर्ण कुमार राई जो आफ्नो गाउँघरमा मानसिंह नामले चिनिन्छन्  ।  बुवा मणि कुमार राई तथा आमा  राजकुमारी राईका एक्ला छोरा हुन् ३९ वर्षीय  मानसिंह । 

 करिब  १ वर्ष अगाडि मानसिंहको आखामा  समस्या देखा पर्यो, आखा धमिलो हुन् थाल्यो, कुनै पनि कुरा  प्रस्ट सँग देख्न उनीलाई गार्‍हो पर्दै गयो, त्यस पश्चात आखा जाँच गरि थप उपचार सुरु गरियो तर भने जस्तो परिणाम आएन, पुन चेक  जाँचको क्रममा पत्ता लाग्यो कि सुगरको कारणले उनको दुवै मृगौला काम नलाग्ने भै सकेको रहेछ। 

 देश भित्रका बिभिन्न अस्पताल एवं छिमेकी मुलुक भारत सम्म उपचारको लागि धाए तर कुनै उपाय लागेन, डायलासिस र विविध  उपचारको क्रममा आफूसँग रहेको सम्पूर्ण रकम सकियो । अन्त्यमा मृगौला प्रत्यारोपण  नै गर्नुपर्ने भयो । 

 आफ्नो  छोरालाई मृगौला दिनको लागि  आमा राजकुमारी तयार भइन तर प्रत्यारोपण खर्चको कारणले  प्रत्यारोपण कार्य रोकियो ।  यसै बीच भोजपुर छिनामखु सरोकार समाजको पहल अनि अन्य चिनजान ,नातागोता मार्फत आवसकिय रकम जुटाई करिब १ महिना अगाडि मात्र काठमाडौँ  मेडिकल कलेज सिनामङ्गलमा मानसिंहको सफल मृगौला प्रत्यारोपण गरिएको छ । 

 मृगौला प्रत्यारोपण पश्चात ३ महिना सम्म प्रत्येक हप्ता रगत तथा ल्याब परीक्षण वापत करिब ७ हजार एवं  थप बिभिन्न प्रकारका औषधिहरू दैनिक रुपमा सेवन गर्नु पर्ने, मृगौला बिरामीका औषधिहरू एकदमै महँगो भएकोले उनी ठुलो आर्थिक सङ्कटमा फसेको छ,  सफल मृगौला प्रत्यारोपण पश्चात पनि आर्थिक अभावले गर्दा पुन सोही अवस्था हुने हो कि भनी मानसिंह चिन्तित रहेको छ । 

 श्रीमती, एक छोरा जो ९ क्लासमा अनि ५ क्लासमा पढ्ने  एक छोरी सहितको मानसिंहको सुखी परिवार अहिले आर्थिक समस्याबाट गुज्रिरहेको छ परिवारका मुली मानसिंह कै यो अवस्थाले परिवारमा थप पीडा थपेको छ, भएको केही खेतबारी, अचल  सम्पत्तिलाई तुरुन्त बेचबिखन गरि उपचार जुटाउन गाह्रो परेको छ मानसिंहको परिवार लाई । 

यस सङ्कटको घडीमा कोही कतै बाट दैनिक चेकजाँच अनि औषधि सेवनको लागि रकम जुटेमा पुन आफूले नयाँ जीवन पाउने र आफूलाई बचाई दिन मानसिंहको सबै सँग अपिल रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow