सूर्यको जीत सियोर छ : ओली
काठमाडौं, २३ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाका मतदाता एमालेको पक्षमा रहेको बताउँदै आगामी निर्वाचनमा आफ्नो पार्टीको जित पक्का भएको दाबी गरेका छन्।
झापा-५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झापा ‘ओलीमय’को जिकिर गरे।
चुनावी प्रचारप्रसारका लागि शुक्रबार झापा पुगेका ओलीले सत्य र विकासको पक्षमा जनता रहेकाले कुनै पनि षड्यन्त्रले एमालेको जितलाई रोक्न नसक्ने बताए ।
युवा स्वतःस्फूर्त रूपमा सूर्यलाई जिताउन प्रचारप्रसारमा लागेको भन्दै ओलीले भने, ‘सूर्यको जीत सियोर छ।’
What's Your Reaction?





