मंगलबार ५ हजार ३ सय रुपैयाँले बढ्यो सुन
काठमाडौं, २३ वैशाख । सोमबार तोलामा ५ सय रुपैयाँले बढेको सुन आज मंगलबार ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ह्वात्तै बढेको हो ।
आज सुनसँगै चाँदी पनि तोलामा ५५ रुपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
What's Your Reaction?





