इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ : प्रधानमन्त्री ओली

 0  29
इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ : प्रधानमन्त्री ओली

पोखरा, ८ फागुन । पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्न बिहीबार पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिने बताएका छन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, तपाईहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन । प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरे ।  

‘तपाईहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईहरूमा होस् ।’ ओलीले थपे, ‘तपाईहरु देशभक्त हुनुपर्छ। देशका लागि नागरिक हुनुको गर्व हुनुपर्छ। तपाईहरु दास मनोवृत्ति राख्ने होइन्। कुनै पनि देशको सार्वभौमसत्ता ठूलो वा सानो हुँदैन।’

पोखरा पर्यटनमा मात्रै होइन उद्यम, ज्ञान आदानप्रदान, शिक्षा, स्वास्थ्यको हिसाबले पनि अगाडि बढिरहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे। विश्वमा विद्यालयको परिकल्पना हुँदा नेपालमा विश्वविद्यालय रहेको उनको दाबी छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow