रोनाल्डो र जर्जिनाले गरे इन्गेजमेन्ट

 0  16
रोनाल्डो र जर्जिनाले गरे इन्गेजमेन्ट

२७ श्रावन ,काठमाडौँ । सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गरेका छन् । जर्जिनाले इन्गेजमेन्टको औठी सार्बजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन् ।रोनाल्डो र जर्जिनाको सम्बन्धको बारेमा धेरै वर्षको अनुमान र अड्कलबाजीलाई अन्त्य गर्दै दुवैले आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् ।

अर्जेन्टिनामा जन्मेकी मोडेल र सोसल इन्फ्लुयन्सर समेत रहेकी जर्जिनालाई रोनाल्डोले १२ लाख डलरको औठी लगाइदिएको मिडिया रिपोर्टमा उल्लेख छ । जो रोनाल्डोको अल नासरमा करिब २ दिनको कमाई हो । 

रोनाल्डो अहिले विश्व खेल जगतमै सबै भन्दा बढी कमाई गर्ने खेलाडी हुन् । रोनाल्डोले यसअघि आफ्ना पाँच बच्चाहरूमध्ये दुईकी आमा जर्जिनासँग विवाह गर्ने बारेमा भनेका थिए- 'यो एक वर्षमा हुन सक्छ वा छ महिनामा हुन सक्छ वा यो एक महिनामा हुन सक्छ । म हजार प्रतिशत पक्का छु कि यो हुनेछ ।'रोनाल्डो र जर्जिना २०१६ देखिसँगै छन् ।

 रोनाल्डोले पहिलो पटक जर्जिनालाई म्याड्रिडको गुच्ची स्टोरमा भेटेका थिए । ४० वर्षीय पोर्चुगिज सुपरस्टार अब साउदी प्रो लिगमा अल नासरमा आफ्नो खेलाडीको क्यारियरको अन्त्य तिर रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow