विपिनको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी हो- प्रधानमन्त्री ओली

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले विपिनकी आमा र बहिनीले इजरायलका राष्ट्रपति र सांसद अध्यक्षसँग भेटेर रिहाईको पहलका लागि आग्रह गरेको उल्लेख गर्दै यसअघि आफूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसेन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने - इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो। इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति र सांसद अध्यक्ष सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ । यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसेन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ।
सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । बिपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको छ। इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबै प्रति विशेष धन्यवाद। बिपिनका परिवारको साथमा सरकार छ।
What's Your Reaction?






