सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, २ भदौ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ८ सयले बढेर एक लाख ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।
What's Your Reaction?






