सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको यात्रा गर्दा लाग्ने शुल्क

 0  58
सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको यात्रा गर्दा लाग्ने शुल्क

काठमाडौं, २९ साउन । सरकारले बडादशैँबाट सञ्चालनको तयारीमा रहेको नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको छ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको जानकारी दिएका हुन् । अब नागढुङ्गा सुरुङमार्ग हुँदै काठमाडौं आउने कार- भ्यानले रु. ६५ र जाँदा रु. ६०, मिनीबस-मिनी ट्रक काठमाडौं आउदा रु. ११५ र जाँदा रु. ८० रुपैया, ठूला बस र ट्रक काठमाडौं आउदा रु. २ सय ६० र जाँदा रु. २ सय तथा भारी उपकरण काठमाडौं आउदा रु. ६ सय रुपैयाँ र जाँदा रु. २ सय ५० रुपैया दस्तुर लाग्ने भएको छ ।

यस्तै सुरुङमार्गमा पैदल यात्री, मोटरसाइकल र स्कुटरलगायतका दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, नन-मोटराइज्ड सवारी तथा तेल, ग्यास, विस्फोटकजस्ता जोखिमयुक्त माल बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ । 

२०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग अब बडादशैँबाट सञ्चालनमा आउने आयोजनाले जनाएको छ। २.६ किलोमिटरको लामो सुरुङ विस्फोटक पदार्थ प्रयोग गरी छेडिएको थियो । १ वर्षअघि २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको थियो । गत जुलाई २१ सम्म सुरुङमार्गका अधिकांश काम सकिएको आयोजनाले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow