सरकारले बाढी प्रभावित परिवारलाई मासिक १५ हजार दिने
काठमाडौं, २८ भदौ । सरकारले भोटेकोसी बाढी प्रभावितलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि १५ हजारका दरले मासिक रकम उपलब्ध गराउने भएको गरेको छ ।
मन्त्रिपरिषद् बैठकले ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि २ हजार अतिरिक्त रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा, सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
यस सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको छ,’ उनले फेसबुकमार्फत् जानकारी दिँदै भनेका छन्।
What's Your Reaction?





