सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नजिक

 0  30
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नजिक

२३ श्रावण ,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको एक हजारले बढेर  एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । 

यसअघि विहीबार सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो ।सुनको मूल्य यस अघि साउन २० गते तोलामा एक लाख ९८ हजार ५ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ ।  चाँदी तोलाको १० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि विहीबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow