उत्तराखण्डको बाढीमा बाढीमा १७ जना भन्दा बढी नेपाली  परेको खबर !  

 0  21
उत्तराखण्डको बाढीमा बाढीमा १७ जना भन्दा बढी नेपाली  परेको खबर !  

२३ श्रावण ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपालीको उद्धारका लागि दूतावास मार्फत कूटनीतिक छलफल भएको बताएका छन् ।प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आएको उल्लेख गर्दै उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको बताएका हुन् ।

उनले भनेका छन् - छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो। 

बाढीपहिरोमा ज्यान गुमाउने सबै प्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow