ताम्रेश्वर महादेव ! पशुपतिनाथको पनि दाई

ताम्रेश्वर महादेव!!
ताम्रेश्वर महादेव मन्दिर । श्री पशुपतिनाथका गुरु भनी पुजनीय श्री भण्डारेश्वर महादेव मन्दिर बाट थोरै अगाडि बढे पछि सडकको बिच भागमा रहेको पिपलको चौतारा कटेपछि जय वागेश्वरी मन्दिर नपुग्दै बाटोको उत्तर तर्फ देउपाटनमा रहेको निक्कै आकर्षक र ऐतिहासिक मन्दिरको नाम हो ताम्रेश्वर महादेव ।
ताम्रेश्वर महादेवको सेवामा लामो समय बिताएकी दुर्त्यामाया संगत भन्छिन् - ताम्रेश्वर महादेवलाई भगवान श्री पशुपतिनाथको दाई पनि भनिन्छ । पहिला पहिला तल भगवान भण्डारेश्वर महादेव, ( जो पशुपतिनाथका गुरु हुनुहुन्छ ) को दर्शन गर्ने, अनि दाई ताम्रेश्वर महादेवको दर्शन गर्ने अनि मात्रै भगवान श्री पशुपतिनाथको दर्शन गर्ने परम्परा थियो ।
यो कुरा धेरैलाई थाहा छैन । त्यसैले सबै पहिल्यै पशुपति पुग्छन् । भगवान पशुपतिनाथमा हुने जात्राहरू जस्तै गाईजात्रा, बछ्ला जात्रा, गङ्गामाई जात्रा आदि ,जति पनि जात्राहरू छन्, ति सबै यहाँ घुमाएर मात्रै पशुपतिनाथमा लगिन्छ । उहाँ दाई हुनाले रोलक्रममा पनि अगाडि आउनुपर्यो ! source-vintage jatras
What's Your Reaction?






