अब कहिल्यै नफुट्ने संकल्प गरौं : झलनाथ खनाल
काठमाडौं, १९ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेता खनालले देशलाई नेपाली विशेषताको समाजवादतर्फ लैजानका लागि कम्युनिस्ट शक्तिहरूको एकता अपरिहार्य रहेको जिकिर गरे।
‘हामी कहिल्यै फुट्ने छैनौँ भन्ने संकल्पका साथ अघि बढ्नुपर्छ,’ खनाले भने, ‘अघिल्ला पटकहरूमा पनि एकता गरेका थियौँ। तर, ए कता भयो। ए बेग्लै भयो, कता बेग्लै भयो। अब चाहिँ ए र कता जोडेर एकता कायम गर्नुपर्छ । अरु हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर थुप्रै पार्टी छन् । म उहाँहरूलाई पनि भन्न चाहन्छु, नयाँ ढंगले सोचौं,’ उनले भने ।
What's Your Reaction?





