अब नेकपा एमालेको जनवर्गीय सङ्गठनमा ९ जना मात्रै पदाधिकारी रहने !

 0  49
अब नेकपा एमालेको जनवर्गीय सङ्गठनमा ९ जना मात्रै पदाधिकारी रहने !

काठमाडौं,१८ फाल्गुन | नेकपा एमाले पार्टीले आफ्नो जनवर्गीय सङ्गठनमा केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ जनाको बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रिय कार्यालय च्यासलमा आज बसेको  सचिवालय बैठकपश्चात महासचिव शङ्कर पोखरेलले जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनका गरी केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ जनामा सीमित गर्ने निर्णय गरेको जानकारी दिए ।

यस अगाडि एमालेको जनवर्गीय सङ्गठनमा १७ सदस्यीय केन्द्रीय पदाधिकारी रहने व्यवस्था  थियो। जनसङ्गठनमा केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटी रहने गरेकोमा अब जनसङ्गठनमा स्थायी कमिटी नराख्ने निर्णय भएको छ । सम्बन्धित जनसङ्गठनले आफ्ना विधानमा सोहीअनुसार  साङ्गठनिक संरचना परिवर्तन गर्नु पर्ने भएको छ ।

नेकपा एमाले सचिवालयको निर्णय अनुसार अब जनसङ्गठनमा अध्यक्ष एक, उपाध्यक्षमा एक जना महिलासहित २, महासचिव १, उपमहासचिव १, सचिव र कोषाध्यक्ष सहित ४ जना गरी ९ जना मात्र पदाधिकारी रहनेछन्।

 त्यसैगरी जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या १५० र ९९ मा सीमित रहने, जनसङ्गठनको हालको अधिकतम १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गरिने छ । कुनै पनि विभागको प्रस्ट जिम्मेवारी तोकेरै सचिवको सङ्ख्या ४ जनामा सीमित गर्नु पर्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow