आज बिहान गएको भूकम्पमा परी ५३ जनाको मृत्यु, ६२ घाइते

 0  58
आज बिहान गएको भूकम्पमा परी ५३ जनाको मृत्यु, ६२ घाइते

काठमाडौं । मंगलबार बिहान तिब्बतको सिगात्से सहरमा गएको भूकम्पमा परेर ५३ जनाको मृत्यु र  ६२ जना घाइते भएका छन् ।

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ र ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ । भूकम्पका कारण त्यहाँ ठूलो क्षति भएको आशंका गरिएको छ। क्षतिको थप विवरण संकलन कार्य भने जारी छ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow