जेनजी घटनाको छानबिन गर्न बनेको नक्कली आयोग एमालेलाई मञ्जुर छैन : ओली

काठमाडौं, २३ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै जेनजी आन्दोलन घटनाको छानबिन गर्न बनेको आयोग एमाले र जनताले नमान्ने बताएका छन्।
बिहीबार गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आयोगमा बस्नुभन्दा अगाडिका अभिव्यक्तिहरुमाथि प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
उनले भने, ‘पहिला नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरुको आयोग बनाएर गज्जबको ड्रामा गर्नुहुन्छ। पहिला नै केपी ओली समाउनुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्यौँ भन्ने नाटक गर्ने यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन। स्वीकार्य छैन।’
उनले अगाडि थपे, ‘तपाईंहरुले नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन। किन पनि मञ्जुर छैन भने गम्भीर प्रश्नहरु उहाँहरुका अभिव्यक्तिहरु, आयोगमा राखिनुभन्दा अगाडि, आयोगमा बस्नुभन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि सप्रमाण देखिसकेपछि उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? उहाँहरुले हामी निष्पक्ष छौँ भन्न सक्नुभएको छैन। लुसुलुसु अघि बढ्नुभएको छ, बढ्नुस्। तपाईंहरुको प्रतिवेदन लेख्नुस्। बुझाउनुस्, फैसला गर्नुस्। एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन। मान्दैनौँ हामी, गर्नुस्, केके गर्नुहुन्छ ?’
What's Your Reaction?






