इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, सुरक्षा निकायका पम्पमा लामो लाइन
काठमाडौं, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै निजी पेट्रोल पम्प सञ्चालकहरूले विरोधस्वरूप बिक्री वितरण बन्द गरेका छन्।
निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो।
मूल्य घटाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै निजी पेट्रोल पम्प सञ्चालकहरूले राजधानीका अधिकांश पम्प बन्द गरेका छन्। निजी पम्पहरू बन्द भएपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पम्पहरूमा सेवाग्राहीको अत्यधिक भीड लागेको छ।
विशेषगरी भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा मोटरसाइकल, स्कुटर तथा सवारी साधनहरूको लामो लाइन देखिएको छ।
पेट्रोल छैन
What's Your Reaction?





