कतारमा जेल जीवन बिताइरहेका १३ नेपालीले पाए आममाफी
काठमाडौं, १८ पुस । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा १३ जना नेपालीलाई आममाफी दिएको छ ।
करिब ५ लाख नेपाली कार्यरत रहेको कतारमा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु विभिन्न कसुरमा परेर जेल जीवन बिताइ रहेका थिए। उनीहरुमध्ये विभिन्न जेलमा रहेका १३ जना नेपालीले आममाफी पाएका हुन् ।
परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिँदै एक विज्ञप्तिमार्फत आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको जनाएको हो ।
मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि नेपाल सरकारले कतार राज्य सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।’
What's Your Reaction?





