कांग्रेसले कार्यशैली र संस्कारमा आमूल परिवर्तन गर्नुपर्छ : गगन थापा

 0  5
कांग्रेसले कार्यशैली र संस्कारमा आमूल परिवर्तन गर्नुपर्छ : गगन थापा

काठमाडौं, १९ असोज । कांग्रेस सभापति गगन थापाले कांग्रेसको पहिचान केवल चुनाव जित्ने र पद प्राप्त गर्ने खेलमा सीमित हुन नहुने बताएका छन् ।

पार्टीको १५औँ महाधिवेशनमा बोल्दै सभापति थापाले पार्टीको वैचारिक जग बिपी कोइराला र गणेशमान सिंहको त्यागबाट निर्मित भएको स्मरण गराउँदै संगठनलाई जनताको दुःखमा साथ दिने बलियो शक्ति बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘हामी बदलिन आएका छौँ। बदलिनुको अर्थ आफ्नो मूल्य र आत्मा त्याग्नु होइन, बिपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका आदर्शलाई निरन्तरता दिँदै हाम्रो शैली, भाषा, व्यवहार, सोच, संस्कार र कार्यशैली परिवर्तन गर्नु हो।’

पार्टीको पुरानो मूल्य र मान्यताको रक्षा गर्दै कार्यशैली र संस्कारमा आमूल परिवर्तन गर्नुपर्ने भन्दै उनले कांग्रेसको विचार र मूल्यलाई कायमै राखेर काम गर्ने शैली, भाषा, सोच र संस्कृति बदल्नुपर्ने बताए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow