कोरिया जान चाहनेहरुका लागि आवेदन खुल्यो

 0  8
कोरिया जान चाहनेहरुका लागि आवेदन खुल्यो

जनकपुरधाम, ५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपिएस कोरिया शाखाले दक्षिण कोरियामा रोजगारीका लागि जान चाहनेहरुका लागि पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ।

ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षा मार्फत कुल ७ हजार २०० जना परीक्षार्थी उत्तीर्ण गराउने अनुमानित लक्ष्य राखिएको छ। जस अनुसार उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी पाँच हजार, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार जना, सेवा क्षेत्रमा सय ना र वन क्षेत्रमा सयजनाको कोटा रहेको छ।

पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरूले दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मूल्यांकनसमेत उत्तीर्ण गरेपछि मात्र अन्तिम छनोट सूची निकालिने छ।

साउन ११ देखि साउन १७ गतेसम्म आवेदन दिन सकिने उक्त परीक्षामा सहभागी हुनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानूनी रुपमा बसोबास गरी फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा पाँच वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने योग्यता तोकिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow