कोशीबाट नेपाल भित्रिएको मनसुन थप चार प्रदेशमा विस्तार, देशभर फैलिन अझै केही दिन लाग्ने

 0  9
कोशीबाट नेपाल भित्रिएको मनसुन थप चार प्रदेशमा विस्तार, देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडौं, ८ असार । कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको यस वर्षको मनसुन आज मधेश, गण्डकी, बागमती र लुम्बिनी गरी थप चार प्रदेशमा विस्तार भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार असार ५ गते कोशी प्रदेश हुँदै नेपाल भित्रिएको यस वर्षको मनसुन प्रणाली विस्तार हुँदै मधेश, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही भू-भागसम्म पुगेको हो।  

सरदर मितिभन्दा ६ दिन ढिलो गरी असार ५ मा कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ । विभागले मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण समेत गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow